स्याङ्जा तरुण दल सडकमा, प्रशासनलाई बुझायो ७ बुँदे ध्यानाकर्षण पत्र

स्याङ्जा । सरकारका गतिबिधीका बारेमा असन्तुष्ट जनाउदै आएको नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल स्याङ्जाले प्रशासन कार्यालयमा ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

मुलुकमा बढ्दो बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार, मूल्यबृद्धि र अशान्तिका बिरुद्धमा नारा लगाउदै तरुण युवाहरुले कार्यालयबाट सोमबार दिउँसो निस्केको बिरोध -याली पुतलीबजार नगर परिक्रमा गरी प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन ।

Advertisement

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई निर्मला बलात्कारपछिको हत्याकाण्ड तत्कालन छानवीन, मूल्यबृद्धि कर, वाइडबडी जहाज खरिद लगायतमा भएको भ्रष्टाचार, राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद प्रकरण, मूल्य मान्यता विपरित धर्म प्रचारमा सरकारको सक्रियता, भीरकोटमा (स्याङ्जा) को एक्साभेटर जलाउने र हरिनासमा सुरक्षाकर्मीमाथि भएको कुटपीटको छानवीन सहित कानूनी कारवाहीको माग गर्दै आफूहरुले ज्ञापनपत्र बुझाएको तरुण दल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्लले जानकारी दिए ।

साथै, भीरकोटको एक्साभेटर जलाउने सन्तोष केसीलाई र डियूटीमा रहेको सुरक्षाकर्मीलाई कुटपिट गर्ने हरिनास गाँउपालिकाका प्रमुख खिमबहादुर मानन्धरलाई राजनीतिक संरक्षणमा प्रशासनले कारवाही नगरेको भन्दै तत्काल कानूनी दायरामा ल्याउनुपर्ने अध्यक्ष मल्लको आग्रह छ । 

गण्डकी प्रदेश सदस्य समेत रहेका मल्लद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपाली जनताको लामो संघर्षपछि प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रको संरक्षणमा नेपाल तरुणदल नेपाली नागरिकको शान्ति, सुरक्षा र समृद्धिको पक्षमा रहेको बताउदै बर्तमान सरकार संवैधानिक अधिकारकको उल्लघन्न्गर्दै अघि बढेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी सुरेश ढकालले तत्काल प्रधानमन्त्रीको कार्यालयमा प्रेषित गर्ने बताए । ज्ञापनपत्र बुझाएपश्चात प्रशासन कार्यालय अगाडी आयोजित कोणसभालाई सम्बोधन गर्दै तरुण दल अध्यक्ष मल्लसहित नेपाली कांग्रेस जिल्ला पार्टी प्रवक्ता इन्द्रबहादुर गोदार, तरुण दल सचिव चन्द्र राना, महिला संघका सचिव तारा मल्ल, तरुण दलका क्षेत्रीय अध्यक्ष कुमबहादुर गुरुङ लगायतले घटनाक्रमलाई राजनीति भन्दा माथी उठेर उचित छानविन गरि कानूनी कारवाही गर्न प्रशासनलाई अनुरोध समेत गरेको छ ।

More News last news
Loading...