स्याङ्जामा शुरु भयो रमाईलो मेला

कुमार बाबु हितंगा/स्याङ्जा । ‘‘रमाइलो मेला प्रगतिको आधार कृषि, पर्यटन विकास र पुर्वाधार” भन्ने मुल नाराका साथ मंसिर १३ देखि २३ सम्म स्याङ्जाको सदरमुकाम स्याङ्जा बजार आँधिखोला छेउ मालेबगर खेलमैदानमा रमाइलो मेला सुरु भएको हो ।

महोत्सवलाई प्रतिनिधि सभा सदस्य माननिय नारायण प्रसाद मरासिनीले मेलाको उदधाटन गर्दै यस्तो मेलाले यस क्षेत्रको कृषि, पर्यटनलाई विकास प्रर्वद्दन र मौलिक सस्कृति,भेषभुषाको जर्गेनाको साथै व्यवसायिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । कार्यक्रममा स्याङ्जाका विभिन्न जातजातिहरुको सस्कृति, भेषभुषा, सामुदायिक तथा आवसिय विधालयहरुको विधार्थीहरु,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका सहित पुबनपा १ अरौधी पुलबाट भव्यताका साथ सुरु भएको याली मेला हुने मैदानमा पुगी र्याली सम्पन्न होे ।

Advertisement

राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार हरुको बेजोड प्रस्तुति सँगै स्थानिय कलाकारहरुको मौलिक झल्कने घाटु, सोरठी, कौडा, रतौलि लगायत लोप हुन लागेका कला संस्कृतिको प्रदर्शनी साथै कृषक व्यबसायीलाई प्रोत्साहन गर्दै सुन्तला, कफि, अदुवा, लिचि र अन्य फलफुल तथा तरकारीहरुको प्रदर्शनी पनि गरिने साथमा आश्चर्यजनक तथा लोपोन्मुख प्रकृतिका बस्तु सामग्री, लोपोन्मुख जाति राउटे जातिको प्रदर्शन तथा पशुपंक्षिहरु गोहि, अस्टीज, मँयुर, साथै अन्य जनावरहरुलार्इ प्रदर्शनीको रुपमा राखिने क्लबका अध्यक्ष डोल बहादुर मल्लले बताए ।

उनले भने मेलामा विक्री भएको प्रत्येक टिकटबाट रु २ रुपैया स्याङ्जा अपांग समाजलाई छुट्याइने समेत बताए । रमाइलो मेलामा करिब १ लाख ५० हजार दर्शक भित्राउनुको साथै करिब ३ करोड बराबरको कारोबार गराउने लक्ष्य लिएको र कार्यक्रम सवैका साथ सहयोग उत्साहल कार्यक्रम सफल हुनेमा आफु ढुक्क रहेको कार्यक्रम संयोजक संयोजक विष्णु कुमार श्रेष्ठले जानकारी दिए ।

More News last news
Loading...