ललितपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरा प्रकाश दाहाललाई सम्झिएको भावुक भएका छन् ।
छोरा प्रकाश दाहालको वार्षिक पूण्यतिथिका अवसरमा दाहाल निवास खुमलटारमा आयोजित प्रथम स्मृति सभामा उनले शोकलाई नयाँ शक्तिमा बदल्न देशवासीको साथ र सहयोगले मात्रै सम्भव भएको पनि बताए ।
स्मृति सभामा बोल्दै गर्दा पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहाल भावुक भएका थिए । उनले भने, ‘प्रकाशको निधनले हाम्रो परिवारलाई ठूलो क्षति त पुग्यो, तर देश अनि पार्टीलाई नै क्षति पुग्यो ।’
छोरा प्रकाशजस्तै देशका हजारौ र लाखौ प्रकाशहरु प्रति हाम्रो जिम्मेवारी रहेको भन्दै उनले त्यसै अनुरुप देश निर्माणमा आफू निरन्तर लागिरहेको बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
