सूर्योदयका शेयरधनीलाई खुसीको खबर, अब हुने भए मालामाल !

स्याङ्जा । स्याङ्जा जिल्लामा केन्द्रिय कार्यालय रहेको सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरु मालामाल हुने भएका छन् ।

सुर्योदय बित्तीय संस्थाको हालसालै बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई ४२.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक २,२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेसँगै शेयरधनीहरु लाभान्वित हुने भएका हुन् ।

Advertisement

गत बर्ष पनि संस्थाले २० प्रतिशत बोनस शेयर दिएकोमा यस बर्ष आर्थिक वर्ष २०७४/७५ को खूद नाफाबाट लगानीकर्तालाई ४२.७५ प्रतिशतको बम्पर बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । संचालक समितिको यही बैठकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको निर्णय समेत गरेको छ जसले शेयरधनीले बोनस सेयरसँगै हकप्रदको अफर समेत प्राप्त गर्नेछन् ।

२३ जिल्ला कार्यक्षेत्र रहेको लघुबित्तमा ४८ शाखा ,३१ हजार सदस्य रहेका छन् भने संस्थामा निक्षेप रकम ४६ करोड र आउटस्टान्डिङ कर्जा १ अर्ब रहेको छ । जसमा चुक्तापूँजी ७ करोड ५६ लाख रुपैयाँ रहेको छ । घोषित बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर १० करोड ७९ लाख पुग्नेछ । संस्थाका अध्यक्ष अन्नत कुमार श्रेष्ठका अनुसार ५० प्रतिशत हकप्रद बिक्री गरी सूर्योदयले चुक्तापूँजीलाई १६ करोड १८ लाखको उचाईमा पुग्ने बताए ।

लघुबित्त क्षेत्रमा संस्थालाई राष्ट्रिय स्तरको बनाउने उद्देश्यले लघुबित्तको मर्म अनुसार कार्यसम्पादन गरिएको समेत उनले बताए । दुवै निर्णय नियामकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने श्रेष्ठको भनाइ छ ।

More News last news
Loading...