कुमार बाबु हिताँगा/स्याङ्जा । गैर सरकारी महासंघ स्याङ्जाको १३ औ साधारण सभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुन दोस्रो पटक अध्यक्षमा कमल पौडेल सर्वसम्मत भएका हुन् ।
त्यस्तै महासंघको उपाध्यक्षमा गोविन्द शर्मा,सचिव मीन बहादुर थापा,सह–सचिव सावित्री कार्कि,कोषाध्यक्ष सीता पौडेल, सदस्यहरुमा अमृत नेपाली ,इश्वरी पौडेल, इश्वर पराजुली, याम प्रशाद शर्मा चयन भए । त्यस्तै सल्लाहकारमा विश्व पौडेल, अन्नत श्रेष्ठ र रुकुमदत्त शर्मा सर्वसम्मत भएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कोष हरि निरौलाले गैर सरकारी संस्था राज्यका सहयागी भएको र राज्य नपुग्ने ठाँउमा गै.स.स ले महत्वपूर्ण योगदान दिनुपर्ने बताए ।
कार्यक्रममा गैर सरकारी महासंध केन्द्रिय सचिव राम प्रसाद सुवेदी, प्रदेश इन्चार्ज देवी तिमिल्सिना लगाएतले देश संघिय संरचनामा गइसकेकोले गैर सरकारी संस्था त्यहि रुपमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।
गैर सरकारी महांसघ स्याङजामा जम्मा ३५ वटा संस्था गैसम स्याङजामा दर्ता रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
