कुमार बाबु हिताँगा/स्याङ्जा । स्याङ्जाको स्वरेकमा नेपालमै पहिलोपटक विश्वकप प्याराग्लाइडिङको आयोजना हुने भएको छ ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा स्याङ्जा जिल्लाको स्वरेकको महापुर मैदान र डौंवफाटमा कार्तिक १५ देखि १९ सम्म नेपालमा पहिलो पटक विश्वकप प्याराग्लाइडिङको आयोजना हुन लागेको हो ।
प्रतियोगितामा पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णपदकका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरविया, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, भारत, पाकिस्तान र इरानको सहित २० देश सहभागिता रहने महासचिव राउतले जानकारी दिए । प्रतियोगिता मुल व्यवस्थापन संयोजक जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले प्रतियोगिताले स्याङ्जाको पहिचान विश्वमै हुने बताईन् ।
‘प्रतियोगिता स्याङ्जामा गर्न पाउनु सौभाग्यको कुरा हो,’ उनले भनिन्, ‘हवाई खेलकुदमा स्याङ्जाको नाम स्वर्णिम अक्षरमा लेख्ने अवसरमा पाउदैछौं। यो प्रतियोगिता स्याङ्जा जिल्लाको मात्रै नभई देश कै देशको गौरवको प्रतियोगिता हो ।’ प्रतियोगितालाई ऐतिहासिक रुपमा सफल बनाउन आफूहरू आतुर रहेको बताउँदैं वालिङ नगरपालिका प्रमुख दीलिपप्रताप खाँणले प्रतियोगिताका लागि आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको बताए । प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नुपर्ने छ, जसका लागि पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीको समूह रहनेछन ।
छ चरणको अङकहरुको योगफलबाट प्रथम, द्दितिय र तृतिय छनोट हुनेछन । प्रतियोगिताका विजयी टोलीले प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश १ हजार ५००, १ हजार २०० र ७०० युरो प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः एक हजार, ७५० र ५०० युरो प्राप्त गर्ने जिल्ला पर्यटन विकास समिति उपाध्यक्ष अन्नत कूमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको लागि रु एक करोड ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
