काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ।
आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ।
नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन। साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ। सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा https://www.dvlottery.state.gov/मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा ई-(डिभी) आवेदन फारम भर्नु पर्नेछ।
आवेदन दर्ता गर्दा पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ।
तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पतिरपत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जनाएको छ ।
डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
