हैदराबाद । भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ ।
यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो । उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ । मृत्यु भएकामा अधिकांश महिला छन् ।
घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ । उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तिर्थयात्रु लिएर फर्कदै थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
