आकाशमै लाग्यो आगो, भुइँमा बजारिएर ३ सय मिटरसम्म घिस्रिएको विमानमा १ सय भन्दा यात्रु थिए, दर्दनाक (तस्वीर सहित)
वीमन सवार यात्रु फोर्स भाग्यले बाँचेकी छन् । उनीसँगै विमान सवार १ सय २ जनालाई भाग्यले बचायो । वीमान उडिरहेकै बेलामा आयोग लागेको थियो । आगोल लागेको विमान भुइँमा बजारियो । भुइँमा बजारिएको विमान ३ सय मिटरसम्म घिस्रिएको थियो । तर वीमनमा सवार कसैलाई केहि भएन ।

‘विमान चर्किसकेको थियो र आगो छिटो छिटो फैलिरहेको थियो, मानिसहरु चिन्तित थिए’ ज्याकलिन घटना सम्झिंदै भन्छिन्, ‘अचानक हाम्रो विमान नराम्रोसँग हल्लिन थाल्या, विमानको नियन्त्रण बिग्रियो र हामी भुईंमा बजारियौं ।’
भुईंमा बजारिएपछि विमान करीब ३ सय मीटरसम्म घिस्रिएको अधिकारीहरुले बताएका छन् । ज्याकलिनका अनुसार मानिसहरु चिच्याइरहेका थिए । उनीहरुलाई आफ्नो ज्यानको डर थियो तर सबै सकुशल बाँचे । उनी चढेको विमान गएको मंगलबार दुर्घटनामा परेको थियो । विमानमा उनीसँगै अन्य १०२ जना थिए ।

दुरंगोका गभर्नर जोस रोसासका अनुसार विमान अचानक आधीबेहरीमा परेर उडिरहेको दिशाबाट अर्कैतिर गएका थिए । उनीहरु विमानमा मेक्सिको सिटीतर्फ गइरहेका थिए । उडेको पाँच मिनेटपछि नै विमान दुर्घटनामा परेको हो । यात्रुहरु कसैलाई केहि भएन । स्थानीय अधिकारीका अनुसार यात्रुहरु हाइवे नजीक सहयोग मागिरहेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
