दमौली । नेपाल विद्यार्थी संघ तनहुँले अनसनरत प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शुक्रबार तनहुँको दमौलीमा प्रर्दशन गरेको छ ।
जुम्लामा अनसनरत डा.केसीलाई सरकारले अपहरण शैलीमा काठमाडौ लगिएको भन्दै जीवन रक्षाको माग गर्दै संघले विरोध जनाएको हो ।
भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसबाट डा. केसीको समर्थन र सकारकारको विरोध गर्दै बृहत र्याली निकालेको थियो । 
क्याम्पसबाट सुरु भएको र्याली गणेशमानचोक, सफा सडक हुदै दमौलीको मुख्य चोकमा कोणसभा गरेका थिए । प्रदर्शनमा नेपाल मानव अधिकार संगठन तनहुँले ऐक्यबद्धता जनाएको छ ।
कोणसभालाई सम्बोधन गर्दै काँग्रेस महाधिवेशन प्रतिनिधि चुणामणी खनालले अहिलेको कम्युनिष्ट सरकारले जनतालाई राहत हुने काम भन्दा पनि देश खाली अराजकतातीर उन्मुख भएको बताए ।
नेबिसंघ तनहुँका अध्यक्ष समेत रहेका खनालले अनसनरत गोबिन्द केसीलाई अपहरको शैलीमा काठमाडौ ल्याईनु, अस्पताल भित्र सुरक्षाकर्मी पठाएर कुटपिट गर्नु लगाएतका क्रियाकलापले सरकार कति लोकतान्त्रिक छ भन्ने प्रष्ट देखिएको बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
