के उत्तर कोरिया लुकीलुकी आफ्नो परमाणु कार्यक्रम चलाइरहेको छ ?

अन्ड्रिया इलमर /बीबीसी

अमेरिकी विदेशमन्त्रीसँगको भेटघाटपछि उत्तर कोरियाली समाचार एजेन्सीले ‘अमेरिकाको आचरण अफसोसजनक’ भएको बताएको छ ।

Advertisement

उत्तर कोरियाली सरकारका एक प्रवक्तालाई हवाला दिँदै समाचार एजेन्सीले भन्यो, ‘अमेरिकी विदेशमन्त्री माइक पोम्पिायोले परमाणु निश्शस्त्रीकरणका लागि जुन माग गरिरहेका छन्, त्यो एकतर्फी छ ।’

माइक पोम्पियो शुक्रबार दुई दिवसीय यात्रामा उत्तर कोरिया पुगेका थिए जहाँ उनले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरे । त्यसपछि उनी जापान प्रस्थान गरे ।

उत्तर कोरियाको बयानभन्दा ठिक अघि पोम्पियोले उत्तर कोरियासँग उनको कुराकानी ‘सकारात्मक’ भएको बताएका थिए ।

More News last news
Loading...