जापानको पश्चिम क्षेत्रमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । पहिरोमा परी दर्जनौँ व्यक्तिहरू हराइरहेका छन् । सवैभन्दा ठूलो संख्यामा हिरोशिमा प्रिफेक्चर क्षेत्रमा क्षति भएको अधिकारीहरुले जनाएका छन् । बिहीबारदेखि नै परेको मुसलधारे पानीका कारण सयौँ घरहरु भत्किएका छन् । जापानमा १५ लाख मानिसलाई आफ्नो घर छाडेर सुरक्षित ठाउँमा जान सुचित गरिएको छ। बेपत्ता मानिसहरुको खोजी तथा उद्धारमा सयौँको संख्यामा प्रहरी, कर्मचारी, अग्निनियन्त्रक तथा सेना खटिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)