डुङ्गा दुर्घटना हुँदा ४० जनाको मृत्यु, १६ जना अझै बेपत्ता

काठमाडौं । दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार भएको दुर्घटनाका कारण १६ जना चाइनिज पर्यटक हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ । दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये अधिकांश चिनियाँ पर्यटक रहेको अधिकारीहरूले जनाएका छन् । डुङ्गामा धेरैजसो चिनियाँ नागरिक रहेको सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले पनि पुष्टि गरेका छन् । हराएकाको खोजीका लागि थाइ प्रहरी, सैनिक, नौसेना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको छ ।

More News last news
Loading...