बीबीसी । जापानको टोक्योस्थित एउटा सब-वे मा सन् १९९५ मा स्नायुप्रणालीमा असर गर्ने घातक ग्यासको प्रयोग गरी आक्रमण गर्ने एउटा सम्प्रदायका संस्थापक नेतासहित सात जनालाई मृत्युदण्ड दिइएको छ।
शोको आसहारा आफूहरूबाहेक पृथ्वीमा रहेको सबैकुरा समाप्त हुँदैछ भन्ने हल्ला चलाउने ओम् शिन्रिक्यो समूहका नेता थिए।
बिहानीको व्यस्त समयमा टोक्योको रेलप्रणालीमा सो सम्प्रदायका सदस्यले सारिन ग्यासबाट हमला गरेपछि कम्तीमा १३ जना मारिएका थिए र हजारौँ घाइते भएका थिए।
उक्त समूहका अन्य छ सदस्यहरू पनि मृत्युदण्डको सजाय कुरिरहेका छन्।
मृत्युदण्डको सजायको कार्यान्वयन दोषी ठहर गरिएका अन्यहरूको अन्तिम पुनरावेदन प्रक्रिया पूरा नभएसम्म रोकिएका थिए। त्यो ज्यानुअरीमा सम्पन्न भएको थियो।
जापानमा एकदमै गम्भीर प्रकृतिका हत्याका घटनामा मात्र दोषीहरूलाई मृत्युदण्ड दिइन्छ। यस्तो सजाय पाउने व्यक्तिहरूलाई त्यहाँ झुन्ड्याउने गरिएको छ।
टोकियो आक्रमण के थियो?
सन् १९९५ को मार्च २० मा ओम् शिन्रिक्यो सम्प्रदायका सदस्यहरूले जापानको राजधानी टोकियोको सब-वेमा सारिन ग्यासबाट हमला गरेका थिए।
उनीहरूले स्नायुप्रणालीमा असर गर्ने रसायनहरूले भरिएका प्वाल परेका झोलाहरू टोकियोको प्रमुख क्षेत्रतर्फ गइरहेका रेललाइनमा राखिदिएका थिए।
प्रत्यक्षदर्शीहरूले ती झोलाहरूबाट चुहावट महसुस गरेको र त्यसलगत्तै एकदम पीडा गराउने धूँवा आँखातर्फ आएको बताएका थिए।
केही सेकेन्डभित्रै सो हानिकारक पदार्थले मानिसहरूलाई असर गर्न थालेको थियो। उनीहरूले निस्सासिएको, बान्ता गरेको र केहीले अन्धोपन र पक्षाघातजस्ता समस्या भोगेका थिए। तेह्र जनाको मृत्यु भएको थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
