तनहुँ । नेपाली काँग्रेस भिमाद नगर समितिले वडा न ९ मा पार्टी सुढृणीकरण तथा पार्टी विस्तार कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दे नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा संविधान सभा सदस्य धुव्र वाग्लेले पार्टीलाई जिवन्त बताउनका लागी सवै लागी पर्नु पर्नेमा जोड दिए । जनताको मन जित्ने कार्यहरुलाई प्राथमिकताका साथ अघि बढाउन कार्यकर्ताहरुलाई निर्देशन दिदै वडाबाट हुने कार्यहरुको निगरानी गरि गुण र दोषको आधारमा समर्थन तथा विरोध गर्न समेत वाग्लेले आग्रह गरे ।
कार्यक्रममा नगर समितीका संयोजक चुडामणी खनालले नगर विकासमा प्रतिपक्ष दललाई वेवास्ता गरी जनप्रतिनिहरु अघि बढ्न खोजेको आरोप लगाउदै वडामा टोल विकास समिती देखी विकास निर्माणका समितीहरुमा मनपरि रुपमा आफू निकटहरुलाई मात्र समावेश गरेको बताए । कार्यक्रममा वडा न ९ मा पराजित वडाध्यक्ष सुरेश थापाको संयोजकत्वमा ९ सदस्यीय छाया सरकार गठन गरिएको छ ।
साथै तोक माया विकको सभापतित्वमा ११ सदस्यीय नेपाल महिला संघ वडा कमिटी गठन गरिएको छ । यसअघि भिमाद काँग्रेसले विभिन्न वडाहरुमा छायाँ सरकार गठन गरिसकेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
