सिंगापुर जाँदा उत्तर कोरियाली नेता किमले किन लगे आफ्नै शौचालय ?

एजेन्सी । हालै उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर गएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा सहभागी हुन उनी सिंगापुर गएका थिए ।

त्यस क्रममा किमले आफ्नो नीजि शौचालय नै लिएर सिंगापुर गएका थिए । सिंगापुरमा सार्वजनिक शौचालय प्रयोग गर्न नचाहेकाले किमले आफ्नै शौचालय लिएर गएका दक्षिण कोरियाको समाचार संस्था थे चोसुनिल्बोले जनाएको छ ।

Advertisement

एयर चाइना बोइङ ७४७ विमानबाट सिंगापुर आउँदा उनीसँगै आईएल–७६ मालवाहक विमान पनि आएको र त्यसमा उनको बुलेटप्रूफ गाडी र बोक्न मिल्ने शौचालय रहेको चोसुनिल्बोले समाचार लेखेको छ ।

उत्तर कोरियाली नेताहरु विदेश जाँदा नीति शौचालय लिएर जानेको गरेको द वाशिङटन पोस्टले जनाएको छ । उत्तर कोरियाली अधिकारीलाई उद्धृत गर्दै द वाशिङटन पोस्टले समाचार लेखेको छ, ‘सार्वजनिक शौचालय प्रयोग गर्नुभन्दा उत्तर कोरियाका नेताले यात्रा गर्ने क्रममा निजी शौचालय प्रयोग गर्छन् ।’

किमको दिसाको विश्लेषण कसैले गर्न नपाऊन् भनी यसो गरिएको भन्दै दक्षिण कोरियातर्फ भागेका पूर्व उत्तर कोरियाली गार्ड कमान्ड इकाइका ली युन कीयोलले भने, ‘किमको दिसामा उनको स्वास्थ्यस्थितिको जानकारी अवश्य हुन्छ, त्यसैले त्यसलाई त्यत्तिकै छोड्न मिल्दैन ।’

देश भित्रै पनि किमले नीति शौचालय प्रयोग गर्ने र कतै जाँदासँगै लिएर जाने गरेका छन् । उनको गाडीमा एउटा शौचालय फिट गरिएको छ ।

More News last news
Loading...