काठमाडौं । एपि वान टेलिभिजनले सन्चालन गरेको ‘डान्स रियालिटी सो बुगीवुगी’ रियालीटी शोमा छनोट भई हजारौं प्रतिस्पर्धी लाई पछि पार्दै तनहुँकी चेली प्रगती पुन मगरले टप नाइनमा आफुलाई सुरक्षित गरेकी छिन् ।
तनहुँको शुक्लागण्डकी २ कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति सानै देखि विभिन्न नृत्य प्रतियोगिताहरुमा सहभागी भै विभिन्न राष्ट्रिय तथा जिल्ला स्तरका उपाधिहरु हात पारिसकेकी छिन् ।
अन्य सहभागीले भन्दा फरक प्रस्तुतीका साथ दर्शक तथा निर्णायकको मन जितेकी प्रगतीले यसअघि विभिन्न अफिसियल म्युजिक भिडियो तथा कभर गीतहरुमा समेत सहभागी भै पुरस्कारहरु हात पारेकी प्रगति पुनलाई ‘बुगीवुगी’ रियालीटी शो को टप नाइन देखी अन्य चरणहरुमा उनको प्रस्तुती हेर्नका लागि अव भोटको आवश्यकता रहेको छ ।
प्रगतिले अन्य चरणहरुमा प्रवेश गर्न ३५२२५ नम्वरमा ०४ लेखी म्यासेज गरी साथ दिनुहुन सबै शुभेच्छुकहरु सामु आह्रवान समेत गरेकी छिन् । अवका चरणमा ५० प्रतिशत निर्णायकको र ५० प्रतिशत भोटको आधारमा छनोट प्रक्रिया अघि वढ्ने भएकाले सवैलाई आफ्नो भोट गरिदिन प्रगतिले आग्रह गरेकी छिन् ।
यता नेपाल बाहिर रहनुहुने शुभेच्छुकहरुले एपि वान टेलिभिजनकको एप डाउनलोड गरी भोटिङ् दिन सक्ने प्रावधान समेत रहेको छ । भोटिङ लाइन आउदो बिहिबार साँझ ८ः३० वजे देखि शुक्रबार मध्यान १२ सम्म गर्न सकिने एपि वान टेलिभिजनले जनाएको छ ।
हरेक विहिबार साझँ ८ वजे र शुक्रबार साँझ ८ वजे प्रशारण हुने उक्त डान्स रियालिटी शोको विजेताले नगद रु.२० लाख र एक कार प्राप्त गर्नेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
