तनहुँ । तनहुँ प्याब्सनले परिमार्जित पाठ्यक्रमको वेवास्ता गरि ४ वर्षअघिकै संस्करणलाई उपयोग गर्दै आएको खुलासा भएको छ । अल्फाबेट बुक्स प्रालि, काठमाडौले प्रकाशन गरेको ऐच्छिक गणित कक्षा ९ को सो पाठ्यक्रम अहिलेसम्म पनि अध्यापन गराउदै आएको हो ।
सो पाठ्यक्रम २०७१ सालमा पहिलो संस्करणको रुपमा प्रकाशन भएको थियो । अल्फाबेट बुक्स प्रालिले तनहुँ प्याब्सनसँग सम्झौता गरि जिल्लाका अधिकाशं निजि विद्यालयमा सो पुस्तक लागु गरेको पाइएको छ । ४ वर्ष अघि निकालिएको सो पुस्तक हालसम्म परिमार्जित भएको छैन । उक्त पुस्तकमा रहेको इकाई २ पाठ्यक्रम विकास केन्द्रले हटाएपनि यहाँका विद्यार्थी भने अध्ययन गर्न बाध्य भएका छन् । प्याब्सनले पहिलो त्रैमासिक परिक्षालाई मध्यनजर गर्दै बनाएको वार्षिक पाठ्यक्रम योजनामा समेत उक्त इकाई अनिवार्य रुपमा अध्यापन गराउन विद्यालय मार्फत शिक्षकलाई निर्देशन दिएको छ ।
साथै सो पुस्तकमा त्रिकोणमिति एकाइमा हुनुपर्ने मिश्रित कोणको त्रिकोणमितिय अनुपात र सिमान्तमान भन्ने पाठ नै छैन । यि एकाई पाठ्यक्रम विकास केन्द्र साने ठिमी भक्तपुरले २०७४ सालको संस्करणमा प्रकाशन गरिसकेको छ । यसरी पुरानो पुस्तक लागु गरि पाठ्यक्रम विकास केन्द्रलेनै लागु गरेको एकाई अध्यापन नगराउनु विद्यार्थीको भविष्यमाथि चरम लापरवाहि भएको एक गणित शिक्षक सुरज लम्सालले बताए । तनहुँ प्याब्सनमा कुल ३५ विद्यालय आवद्ध छन् ।
तनहुँ प्याब्सनका सचिव गोपाल प्रसाद पराजुलीले सो पुस्तक फिर्ता हुने बताए । उनले भने ‘वैशाख अन्तिम साता नै पुराना पुस्तक फिर्ता गर्न विद्यालयलाई भनिसकेका छौं, विद्यार्थीले जुन पुस्तक पसलबाट ल्याएको हो त्यहि गएर नयाँ पुस्तक लिन सक्नेछन् ।’ पराजुलीले प्रकाशन गृहले नै नयाँ पुस्तक उपलब्ध गराउनुपर्ने बताए । उनले पुरानो पुस्तका ल्याउन कुनै निर्णय नभएको दाबी गरे । तर पहिलो त्रैमासिक परिक्षामा पुरानो एकाइ अध्यापन गराउन भनि प्याब्सनको वार्षिक पाठ्योजना सबै विद्यालयमा पठाइसकेको छ ।
अन्य पब्लिकेसनले बजारमा ल्याएका पुस्तक परिमार्जित भएर बजारमा आएपनि अल्फाबेटले भने परिमार्जित संस्करण बजारमा ल्याएको पाईएको छैन् । ‘यसले प्याब्सनले भन्ने र गर्नेमा फरक देखिएको छ, बजारमा थुप्रै परिस्कृत पुस्तकहरु आएका छन, तर पुरानै पुस्तक पढाउन लगाउनुको कारण के हो रु’ एक गणित शिक्षकले अगाडी भने ।
विद्यार्थीले त विद्यालयले जुन पुस्तक ल्याउन लगायो, उहि पुस्तक किन्छन, त्यसैले नयाँ पुस्तक ल्याउन विद्यालयलेनै प्रकाशन गृह र पसलसँग सहजिकरण गर्नुपर्छ । पुराना संस्करणको मुल्य ४ सय २० रुपैया तोकिएको छ । बजारमा हाल अन्य प्रकाशनका उत्कृष्ट परिमार्जित पुस्तकहरु आइसकेका छन् ।
नयाँ संस्करणमा एकाईहरु परिमार्जित भई पाठ्यक्रम विकास केन्द्र अनुसार नै प्रकाशन भएका छन् । (शुक्लागण्डकी अनलाइनबाट)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
