काठमाडौं । अमेरिकी जासूसी निकायका एक अधिकारीमाथि चीनलाई गोप्य रहस्य बेचेर आठ लाख अमेरिकी डलर खाएको आरोप लागेको छ।
अमेरिकाको जस्टिस डिपार्टमेन्टका अनुसार, युटाहस्थित साइराक्युजनिवासी रोन रकवेल हनसेनलाई शनिवार वाशिङटनमा हिरासतमा लिइयो।
उनी अमेरिकाका गोप्य सूचनाहरू लिएर चीन जानका लागि सिएटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
मन्डारिन र रुसी भाषा धाराप्रवाह बोल्ने हनसेनलाई सन् २००६ मा केस अफिसरका रूपमा डिफेन्स इन्टेलिजेन्स एजेन्सीमा भर्ती गरिएको थियो।
चीनमा एक व्यावसायिक कार्यालयबाट हानसेनले चिनियाँ जासूसी विभागसँग सम्पर्क गरेको र डबल एजेन्टका रूपमा डीआईए र एफबीआईका लागि काम गरेको आरोप छ ।
एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
