बजेटमाथी प्रदेश ४ का मुख्यमन्त्री गुरुङको प्रतिक्रियाः पञ्चायतकालीन शैलीको बजेट

काठमाडौं । प्रदेश ४ का मुख्यमन्त्री तथा नेकपा स्थायी समिति सदस्य पृथ्वी सुब्बा गुरुङले ‘संघीयताविरोधी र पञ्चायती शैली’को बजेट आएको प्रतिक्रिया दिएका छन् ।

मुख्यमन्त्रीकै कार्यालयमा गुरुङले भने, ‘बजेटले संघीयतालाई आत्मसात् गरेन । सबै अधिकार केन्द्रमै राख्ने अनि प्रदेश र स्थानीय तहलाई निरीह बनाएर केन्द्रीकृत राज्यतर्फ नै फर्कने नियत देखियो ।’

Advertisement

संघीय सरकारले ल्याएको बजेटलाई ‘पञ्चायतकालीन शैलीको बजेट’को संज्ञा दिँदै गुरुङले आपत्ति जनाए । ‘देश संघीयतामा गएसँगै राज्यको संरचना बदलियो, शासन प्रणाली बदलियो, सामाजिक परिवेश बदलियो, तर केन्द्रमा बसेका नेता र नीति–निर्माताको मानसिकता बदलिएन,’ मुख्यमन्त्री गुरुङले भने ।

स्थानीय तह र प्रदेशलाई ३२ प्रतिशत दिएर केन्द्रमा ६८ प्रतिशत राखेका कारण कार्यान्वयनमा आउनु गाह्रो हुने उनको भनाइ थियो ।

सत्तारुढ दलकै प्रभावशाली नेताहरुले बजेटको बिषयमा असन्तुष्टी जनाईरहेका बेला प्रदेश नं ४ का मुख्यमन्त्री गुरुङको यस्तो प्रतिक्रिया आएको हो ।– नयाँ पत्रिका दैनिकबाट

More News last news
Loading...