तनहुँ । नेपाली काँग्रेस नगरकार्यसमिति तनहुँ भिमादले दवाव -याली सहित ज्ञापन पत्र बुझाएको छ ।
नगरपालिकाको युवा रंगशालाबाट सुरु भएको -यालीले लखनचोक हुदै नगरपालिकामा पुगी नगर प्रमुख मेख बहादुर थापालाई उक्त ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाए लगत्तै कोणसभामा परिणत भएको -यालीलाई सम्वोधन गर्दै नगर समिती संयोजक खनालले नगरमा नेकालाई बाइपास गरेर अघि नबढ्न मेयर थापालाई आग्रह गरे ।
उनले नगरपालिकालाई बहुमतको आडमा भर्ति केन्द्र बनाएको आरोप लगाउदै अन्यायको विरुद्धमा काँग्रेस शसक्त रुपमा प्रस्तुत हुने चेतावनी समेत दिए । महाधिवेशन प्रतिनिधि समेत रहेका संयोजक खनालले नगरपालिकाले शिक्षक नगरभित्रका विद्यालयमा हुने शिक्षक नियुक्ती देखी टोल विकास सस्था सम्म नियम उल्लङ्खन गरी नियुक्ती तथा समिती निर्माण गरेको आरोप लगाए ।
यता भिमाद नगरपालिकामा नेकाले निर्माण गरेको छाया सरकारका प्रमुख इन्दिरा खनालले काग्रेसले नगरमा भएका कार्यहरुलाई नजिकबाट नियाली रहेको बताउदै जनताको सेवालाई पारदर्शी र नतिजामुखी बनाउन आग्रह गरिन् । महाधिबेशन प्रतिनिधि समेत रहेकी खनालले नगरका विभिन्न वडाहरुमा अवैधानिक रुपमा ढुङ्गा तथा गिटी बालुवा उत्खनन् भएको भन्दै तत्काल रोक्नु पर्ने बताइन् ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि मिलन आलेले केन्द्र देखी नगर र वडा तह सम्म काग्रेस सशक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउदै बहुमतको दम्भ नदेखाएर नगरको विकासमा जोड दिन आग्रह गरे । नगरका सभापति श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा स्वागत सह संयोजक माधव लम्सालले गरेका थिए भने कार्यक्रमको सञ्चालन नगर सचिव राजेश खनालले गरेका थिए ।
काँग्रेसले नगरपालिका दवाव स्वरुप बुझाएको १४ बुदे ज्ञापन पत्रमा नदी जन्य पदार्थको उत्खनन्, कर्मचारी छनौट प्रक्रियाको मनपरितन्त्र, कर बृद्धी, प्रशासनिक सेवामा देखिएको झन्झटिलो प्रक्रियालाई अन्त्य गर्नु पर्ने लगायतलाई प्राथमिकता दिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
