तनहुँको भिमादमा अगुवा कार्यकर्ता भेला सम्पन्न, छायाँ सरकार गठन

तनहुँ । नेपाली काँग्रेस तनहुँ भिमाद नगरपालिकाले छायाँ सरकार गठन गरेको छ । शनिवार तनहुँको भिमादमा नगरपालीका स्तरिय अगुवा कार्यकर्ता भेलामा इन्दिरा खनालको संयोजकत्वमा ९ सदस्यीय छायाँ सरकार गठन गरेको हो ।

भेलामा नगरपालिका भित्र हुने विकासका हरेक गतिविधिका विषयमा छायाँ सरकार गठन गरि अनुगमन गरिने बताईएको थियो । नगरपालीका भित्र काँग्रेसले स्थानिय छाँया सरकार गठन गरि जनप्रतिनिधिले गरेको कामको पनि अनुगमन गरिने विषयमा भेलामा छलफल गरिएको वताईएको छ ।

Advertisement

कार्यक्रममा प्रमुख अथिति जिल्ला कार्यबाहक सभापति जित प्रकाश आलेले जनताको काममा काँग्रेस सत्ता बाहिर भएतापनि उत्तिकै गर्ने सक्ने बताए । कार्यक्रममा नगर संयोजक चुडामणी खनालले जित हार आफ्नो ठाउँमा भएपनि गाउँको बिकास निमार्णको काममा अगुवाई गर्ने जनप्रतिनिधिको कामको अनुगमन गरि राम्रो काममा साथ दिने र गलत काममा खबरदारी गर्ने वताए ।

छलफललमा कांग्रेसवाट निर्वाचित वडा अध्यक्ष ,सदस्य ,पराजित वडाका वडा अध्यक्ष सदस्य उम्मेदवार ,जिल्ला प्रतिनिधि ,काँग्रेसका विभिन्न भात्रृ संस्थाका प्रतिनिधिहरुको सहभागितामा व्यापक छलफल भएको नेविसंघ महाधिबेशन प्रतिनिधि नारायण पोख्रेलले जानकारी दिए ।

More News last news
Loading...