बाजुरा । आफूमा दैवी शक्ति प्राप्त भएको भन्दै शक्ति देखाउन आइतबार कणाली नदीमा दुई जनाले हामफालेका छन् । नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्।
विहान शक्ति देखाउँछु भन्दै बाजुराको जगन्नाथ गाँउपालिकाका ६१ वर्षका मान सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिए।
हाम फाल्ने जगन्नाथ गाँउपालिकाकै ५३ बर्षीय जयबहादुर बिष्ट बेपत्ता भएकाछन् । उनको खोजी भइरहको कुन्ना प्रहरी चौकीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख प्रहरी निरीक्षक बोहराका अनुसार हाम फालेका दुवै जना आइतबार बिहान नदी किनारामा काप्दै थिए। त्यसपछि आफूमाथि दैवी शक्ति प्राप्त भएको भन्दै उनीहरुले नदीमा हाम फालेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
