पोखरा । पोखरा लेखनाथ महानगरपालिका १३ स्थित कुलाको मुहानमा शनिबार दुई व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृत हुनेमा दुवै पुरुष रहेको र एक जनाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । अर्का एक १९ बर्षीय युबकको भने सनाखत भएको छ।
सनाखत हुनेमा मादी गाउपालिका ३ ताङतिङ घर भई पोखरा लेखनाथ महानगरपालिका १३ सिग्देलटोल बस्ने कुमार नेपाली रहेको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए।
उक्त स्थानमा शनिबार बिहान करिब १०:३० बजेको समयमा स्थानियले मृत अवस्थामा उनीहरुलाई देखेपछी प्रहरीलाई खबर गरेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
