रोजगारीको माग गर्दै बेरोजगार युवाहरुद्वारा प्रदर्शन

काठमाडौं । स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै बेरोजगार युवाहरुले काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन्।

रोजगारीकै निमित्त अरब, दुबई, युरोप र अमेरिकालगायतका राष्ट्र जाने बाध्यता तोडेर स्वदेशमै रोजगार उपलव्ध गराउन उनीहरुले सरकारको ध्यानाकर्षण गरेका हुन्।

Advertisement

राष्ट्रवादी केन्द्र नेपालको नेतृत्वमा उक्त -याली भएको हो । रोजगारी नभए वेरोजगारी भक्ता पाउनुपर्ने, न्यूनतम ज्याला ३० हजार हुनुपर्ने, अरु राष्ट्रमा युवा बेच्न बन्द गर्नुपर्ने र माटो सुहाउँदो शिक्षा प्रणाली लागू गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गरे।

त्यस्तै सबै धर्म र संस्कृतिको रक्षा गर्नुपर्नेपनि उनीहरुको ध्यानाकार्षण थियो।

More News last news
Loading...