धादिङ । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १९२६ नम्बरको बस र बिपरित दिशाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ७ ख २९ नम्बरको ट्रक धादिङको गजुरी गाउँपालिकाको जरेखेत नजिकै शनिबार बिहान एकआपसमा ठोक्किदा १७ जना यात्रु घाइते भएका छन्।
घाइतेको गजुरी प्रथमिक स्वास्थ्य केन्द्र र आदमघाट नपजी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सिनाले बताउनुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
