संखुवासभा । संखुवासभाको सल्लेरीमा ट्रयाक्टर पल्टिदा ३ जनाको ज्यान गएको छ ।
चैनपुर नगरपालिका – २ मा पर्ने तिखिढुङ्गाको सल्लेरीमा २ त ५८०५ नम्बरको ट्रयाक्टरको डाली सडकमा घस्रेर चिप्लिएपछि दुर्घटना भएको डीएसपी सन्तोष खड्काले बताउनुभयो ।
आइतबार राति भएको दुर्घटनामा परि मादी नगरपालिका – ७ बाघाका टंक पौडेल, हर्कबहादुर राई र राजेन्द्र राईको ज्यान गएको हो।
प्रहरीका अनुसार मेन्छ्याम हाइड्रोपावर प्रालिको विद्युतको खम्बा लगेर जाने क्रममा भीरबाट एक सय मिटर तल खसेको थियो।
ट्रयाक्टर चालक रमेश श्रेष्ठलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
यस्तै चिचिला गाउँपालिका – ४ मा पनि ट्रयाक्टर चढ्ने क्रममा लडेर कृृष्णबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
