साइकललाई बँचाउने क्रममा जीप दुर्घटना, एकको मृत्यु, पाँच घाइते

प्रतिनिधि मुलक तस्विर

इनरुवा । सुनसरीको भोक्राहा गाउँपालिका–४ मा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

Advertisement

दुर्घटनामा सप्तरी रायपुर–१ बस्ने ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च १०९७ नम्बरको जिप साइकललाई बचाउने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किएर भएको दुर्घटनामा रुवीको मृत्यु भएको छ भने जिपमा सवार पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घाइते हुनेमा धनुषा भरतपुर–२ का ३० वर्षीय बुद्दलाल विक, तनहँु डुम्रे–१ का २२ वर्षीय अशोक अधिकारी, सप्तरी रायपुर–१ का ३५ वर्षीय पवनकुमार यादव, सप्तरी रायपुर–१ का २ वर्षीय कुलदीप यादव र १४ वर्षीय अंशु यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो।

घाइतेको गोल्डेन अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिटी रिक्साबाट लडेर एकजनाको मृत्यु

यसैगरी, सुनसरीको दुहवी नगरपालिका–३ मा सिटी रिक्साबाट लडेर बिहीबार एकजनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा दुहबी नगरपालिका–२ का ५५ वर्षीय बुद्ध कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सिटी रिक्साबाट लडेर गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

More News last news
Loading...