आजबाट तनहुँमा दशौं खैरेनीटार महोत्सव हुँदै

दमौली । तनहुँको खैरेनीटारमा बिहीबारबाट दशौं खैरेनीटार महोत्सव शुरु हुँदैछ । महोत्सवको नेपाली सेनाका प्रधानसेनापती महारथी राजेन्द्रबहादुर क्षेत्रीले उद्घाटन गर्दैछन्।

हरेक वर्ष चैतेदशैंको अवसर पारेर गरिने महोत्सवको यसपल्टको श्रृंखलालाई व्यवस्थित र भव्य पारिन लागिएको महोत्सवका मूल संयोजक पूर्णलाल कायस्थले बताए।

Advertisement

चैत्र १९ गतेसम्म चल्ने महोत्सवमा प्रदेश तारा गायन प्रतियोगिता, रत्यौली तथा नृत्य प्रतियोगिताका अलावा एक लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदैछ। महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुती रहने महोत्सवका प्रवक्ता हरिबहादुर थापाले बताए।

महोत्सवमा स्थानीय पर्यटकीय प्याकेजमा भ्रमणको पनि प्रबन्ध गरिएको आयोजकले जनाएको छ । महोत्सव अवधिभर मनोरञ्जनात्मक कार्यक्रमहरुको तयारी गरिएको प्रवक्ता थापाले बताए।

More News last news
Loading...