मुग्लिङ । मुग्लिङ पोखरा सडकखण्डमा बन्दै गरेको तनहुँ जोड्ने पुल नेपालकै अहिलेसम्मको ठूलो आर्क ब्रिज हो।
विगत दुई बर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएता पनि उक्त पुलको काम ५० प्रतिशत पनि सकिएको छैन्। ठेकेदार कम्पनीसँग भएको सम्झौता अनुसार आगामी असार महिनाभित्र सो पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ।
झण्डै ११ करोड लागतमा निर्माण थालिएको चिनियाँ प्रविधिको पुल २० मिटर लामो हुनेछ। पुलको छेउमा दुईतर्फ गरी ४० मिटर भाग थपिनेछ।
यसअघि कालीगण्डकीमा ८० मिटर लामो पुल बने पनि हाल बन्दै गरेको पुल नेपालमै ‘आर्क’ प्रविधिमा लामो बन्ने विभागका योजना प्रमुख रामहरि पोख्रेलले बताए। पुलको डिजाइन तथा निर्माणमा नेपाली प्राविधिक नै संलग्न छन् । यसअघि यस्ता पुलको निर्माण विदेशी प्राविधिकले गर्ने गरेका थिए।

हाल सञ्चालनमा रहेको पुलले एक पटकमा दोहोरो सवारी आवतजावत थेग्न नसक्ने भएकाले पालैपालो सञ्चालन गर्नुपर्ने अवस्था छ। तर अब बन्ने पुलमा भने निर्वाधरुपमा दोहोरो यातायात सञ्चालन गर्न सकिने छ।
मुग्लिङ पुल हल्लने तथा विभिन्न भाग भत्किएपछि हालै पुलको मर्मत थालिएको छ । नयाँ पुल तयार नहुँदासम्मका लागि भनेर पुलको मर्मत थालिए पनि तयार भएपछि भने पुरानो पुलको ठाउँ ‘आर्क ब्रिज’ले लिनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
