फेरी सुस्तामा भारतले बनायो एकतर्फी बाँध, नेपाली भूमिमा डुबान जोखिम

नवलपरासी । गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा पर्नेे र कटान भइरहेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँध निर्माण सुरु गरेको छ । नेपाली भूमि डुबानमा पार्ने गरी भारतले एकतर्फी बाँध निर्माण गरेको हो।

सुस्ता गाउँपालिका–४ नर्सहीस्थित नारायणी नदी ठोक्कर–१२ को पूर्वतर्फ नारायणी नदी पारी नेपालतर्फ करिब ३ सय मिटर भूभाग मिची बाँध निर्माण गरेको स्थानीय श्याम थापाले बताए ।

Advertisement

शक्तिकुमार कम्पनी पश्चिमी चम्पारण कम्पनीले बाँध निर्माण गर्दै आएको छ । भारतले नदीको भारतर्फ बहने पानीको बहावलाई नेपालतर्फ पठाउने गरी नेपाल भारत सीमाभन्दा ३ सय मिटर वर आएर उक्त बाँध निर्माण गरेको भन्दै नर्सहीका बासिन्दाले विरोध समेत जनाएका छन्।

नेपालीहरू उक्त निर्माण कार्य रोक्न जाँदा भारतीय प्रहरी प्रशासनले नेपालीहरूलाई धम्क्याउने गरेको समेत थापाले बताए । भारतीय प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को निगरानीमा उक्त बाँध निर्माण कार्य भइरहेको छ । उनीहरूले नदीमा जेसीभी नै प्रयोग गरेर बाँध निर्माण गरेका छन्।

सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले भारतले निर्माण गरको बाँधले नेपातर्फको निकै ठूलो क्षेत्र डुबान र कटानमा पर्ने बताए ।पाण्डेले गण्डक नहरमा निर्माणको काम गर्दा नेपाल–भारत दुवैको सहमतिमा मात्र गर्नुपर्नेमा भारतले एकतर्फी गरेको समेत बताए।

उनले नदीले हरेक वर्ष धार परिवर्तन गर्दै नेपालतर्फ बहाव बढिरहेको फाइदासमेत भारतीय पक्षले उठाइरहेको छ।

गाउँपालिका अध्यक्ष पाण्डेका अनुसार नदीले बहाव नेपालतर्फ बनाएपछि भारततर्फ काँस पलाएको र उक्त काँसभन्दा अगाडिबाट भारतले बाँध लगाउने कार्य गरिरहेको बताए।

अहिले भारतले गण्डक ब्यारेजदेखि पूर्वतर्फ वाल्मीकि आश्रमसम्म र पश्चिमतर्फ ५ सय मिटरसम्म बाँधेको छ । निर्माण कार्य हेर्दा भारतले सुस्तासम्म बाँध लगाउने पाण्डेले बताए।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उक्त कार्य रोक्न सम्बन्धित निकायसँग छलफल गर्न सो क्षेत्रका प्रहरी प्रमुखलाई निर्देशन दिएको बताए।

रानाले उक्त कार्य नरोकिए नेपालको ठूलो भूमि वर्षाको बेलामा कटान र डुबानको समस्यामा पर्ने भएकाले निर्माण कार्य रोक्नुपर्नेमा जोड दिए। – राजधानी दैनिकबाट

More News last news
Loading...