जनकपुरको ढल्केबर सडकखण्डमा एक पुरुषको शव फेला

धनुषा । जनकपुरमा एक पुरुषको शव फेला परेको छ । जनकपुर ढल्केबर सडकखण्डमा जनकपुर उपमहानगरपालिका – ९, बस्ने ४८ वर्षका रेवतीरमणलाल कर्णको शव फेला परेको छ ।

बिहीबार बिहान साढे ५ बजे सडकमै कर्णको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको गालामा समान्य चोट बाहेक कतै कुनै घाउचोट छैन । मृतकको गालामा चोट देखिएकाले कुनै सवारीसाधनको ठक्करबाट उनको ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Advertisement

शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

More News last news
Loading...