महानगर कार्यालयकै आडमा आगलागी, १० दमकलको प्रयोग, दुई घाइते

काठमाडौँ । काठमाडौँ महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेष्टुरेन्टमा आज साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन्।

आगलागीमा परेर निसासिएका उदयपुरकी कल्पना मगर र दाङका जयराम डगौराको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मगर उक्त रेष्टुरेन्टकी कामदार हुन् भने डगौरा सुरक्षा गार्ड भएको जनाइएको छ।

Advertisement

विद्युत चुहिएर आगलागी भएको शंका गरिएको छ।

अनुप अग्रवाल समूहको सञ्चालनमा रहेको उक्त रेष्टुरेन्टमा भएको आगो निभाउन १० वटा दमकललाई करीब दुई घण्टा लागेको थियो । साँझ ६ः०० बजे लागेको आगो ८ः०० बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विपद् व्यवस्थापन टोली उक्त आगलागी नियन्त्रणमा खटिएका थिए । भूइँतलामा भएको उक्त आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...