पोखराको सभागृहचोकमा ट्याक्सी दुर्घटना

पोखरा । पोखराको सभागृहचोकमा मंगलबार बेलुकी करिब साढे नौ बजे ट्याक्सी दुर्घटना भएको छ।

पृथ्वीचोकबाट जिरो किमि तर्फ जाँदै गरेको ग १ ज ३२६० नम्बरको ट्याक्सीले सभागृहचोकको सडक किनारमा बिद्युतको ट्रान्समिटर रहेको पोललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

Advertisement

ट्याक्सीमा चालकमात्र रहेकोले मानवीय क्षति नभएतापनि साधनमा क्षति पुगेको छ। दुर्घटना पश्चात ट्याक्सी चालकलाई  नियन्त्रणमा लिएर सोधपुस सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

More News last news
Loading...