दाङ । दाङको बिजौरीमा बुधवार जीपको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ।
तुलसीपुर उपमहानगरपालिका–१८, विजौरीमा पिकअप जीपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१९, दोघरेकी १६ वर्षकी सोनिया नेपालीको ज्यान गएको इलाका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिएको छ।
घोराहीबाट तुलसीपुरका लागि छुटेकोे लु १ च ४६३६ नम्बरको कुखुरा बोक्ने पिकअपले नेपालीलाई ठक्कर दिएको थियो। जीपको ठक्करबाट गम्भीर घाइते नेपालीको राप्ती अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।
बाल बाटिका बोर्डिङ स्कुलमा कक्षा ८ को जिल्ला स्तरीय परिक्षा दिन जाँदै गरेको बेला पिकअपले ठक्कर दिएका थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
