काबुलमा आत्मघाती विस्फोट, २६ जना मारिए

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा २६ जनाको मृत्यु भएको छ । विस्फोटमा परी अरु १८ जना घाइते भएका छन् ।

काबुलस्थित धार्मिकस्थलमा नयाँवर्षका अवसरमा आयोजित एक समारोहमा एक अज्ञात व्यक्ति प्रवेश गरी आत्मघाती विस्फोट गराएको जनाइएको छ ।

Advertisement

विस्फोटका कारण धार्मिकस्थलमा पार्किङमा राखिएका दर्जनौं सवारी–साधनमा क्षति पुगेको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

More News last news
Loading...