सडक माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

डोटी । नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो। घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो।

Advertisement

घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पु¥याउने क्रममा उनको मृत्यू भएको हो । उनी दिपायलमा फुपूको घर आएकी थिइन्।

घटनामा परी दिपायल सिलगढी नगरपालिका–२ दिपायलका ५६ वर्र्षीय चेत साहु घाइते भएका छन् । उनको शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको छ।

More News last news
Loading...