पोखराको बुढिबजारमा खुल्यो जनता बैंकको शाखा

पोखरा । जनता बैंक नेपाल लिमिटेडले कारोबार बिस्तारको क्रममा २ वटा शाखा र ५ वटा शाखा रहित बैकिङ कारोबार विस्तार गरेको छ।

यसैक्रममा पोखराको बुढिबजारमा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

Advertisement

शाखाको सोमबार एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको छ। साथै बाराको सिमरौनगढ शाखा पनि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

कैलालीको गौरीगंगा न।पा। ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न. पा. ८, स्याउले बजार तथा दाङ जिल्लाको राप्ती गाउँपालिका ४, मौरीघाट र लमही न.पा.३, फलकापुर गरी पाँच स्थानबाट शाखा रहित बैंकिङ सेवा समेत सुरु गरिएको बैंकले जनाएको छ।

बैंकले हाल देश भरबाट ९८ वटा शाखा, ३१ वटा शाखा रहित बैंकिङ, ३ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ।

More News last news
Loading...