पोखरा । कास्कीमा बाघको छाला र भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् ।
कास्की जिल्लाको माछापुच्छे गाउपालिका बडा नं २ च्याङलुङ निवासी ४० बर्षिय गम बहादुर गुरुङ तथा चन्द्र बहादुर पौडेललाई सोमबार राति करिब ११ बजेको समयमा बाघको छाला र भरुवा बन्दुक सहित पक्राउ गरेको कास्की प्रहरीले जनाएको हो। गुरुङको घरमा अबैध रुपमा हातहतियार तथा चितुवाको छाला लुकाएर राखेको भन्ने गोप्य सुचनाको आधारमा खोजतलासी गरी उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले बताएका छन् ।
“हामीले अबैध हातहतियार तथा चितुवाको छाला लुकाएर राखेको सुचनाको आधारमा सार्दीखोला प्रहरी चौकीबाट प्रहरी टोली खटाई शंकित व्यक्तिको घरमा खानतलासि गरेका हौ”, सिंहले भने – ” खानतलासि गर्दा एक थान चितुवाको छाला तथा एक थान भरुवा बन्दुक संगै २७ थान बन्दुकमा लाग्ने छर्रा र खालि खोका सहित गुरुङलाई नियन्त्रणमा लिएका हौ ।”
गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा चन्द्र बहादुर पौडेलले चितुवा मारी त्यसको छाला गुरुङलाई राख्न दिएको भन्ने खुलेपछी पौडेललाई समेत नियन्त्रणमा लिइएको एसपी सिंहले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान जारीरहेको कास्की प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
