एमाले नेता दिपक मनाङेका नाममा रेडकर्नर नोटिस जारी, १९२ देशको प्रहरी खोजीमा

पोखरा । फरार सूचीमा रहेका नेकपा एमालेबाट प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्य बनेका दिपक मनाङे (राजीव गुरुङ) का नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेको छ।

मनाङे देशबाहिर रहेको सूचना पाएपछि प्रहरीको अपराध अनुसन्धान विभागको पहलमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको हो।

Advertisement

प्रहरी स्रोतका अनुसार इन्टरपोलको मुख्यालयले गएको साता रेडकर्नर नोटिसमा राखेको जानकारी नेपाललाई दिएको छ।

मनाङे अब इन्टरपोल सदस्य १ सय ९२ देशको प्रहरी खोजीमा छन्। यसअघि फेब्रुअरी २२ मा इन्टरपोल नेपालले मनाङेको नाममा रेडकर्नर नोटिस जारी गर्न भन्दै कागजपत्र पठाए पनि इन्टरपोल मुख्यालयले उन रेडकर्नर नोटिस जारी गरेको थिएन।

More News last news
Loading...