कोरियामा बेलुका सुतेका दिल बहादुर सदाका लागि निदाए

पोखरा । इपिएस मार्फत रोजगारीका लागि दक्षिण कोरियामा रहेका एक नेपालीको सुतेको अवस्थामा अप्रत्यासित निधन भएको छ। स्याङ्जा जिल्ला मिर्मि घर भएका ३७ वर्षिय दिल बहदुर थापाको सुतेको अवस्थामा निधन भएको स्रोतले जनाएको छ।

कोरियाको फेन्तेकस्थित एक कम्पनीमा कार्यरत थापा झण्डै ७ महिना अघि मात्र कोरिया पुगेका थिए ।गएराति राम्रो अवस्थामा सुतेका थापा बिहाननउठेपछि रुम पार्टनरले कम्पनी र प्रहरीलाईखबर गरेका थिए।

Advertisement

प्रहरी ले सो स्थानमा पुगे संगै थापाको मृत्यु भएसकेको बताउदै शव अहिले प्रहरीले फेन्तेकस्थित अस्पतालमा राखेको बताएको छ।

सउलस्थित दुतावासले पनि घटना बारे कोरियन प्रहरीले जानकारी गराएको र विस्तृत विवरण आउन बाँकी रहेको स्रोतले जनाएको छ।

दुतावासका उपनियोग प्रमूख किरण शाक्यका अनुसार घटनाका बारेमा नेपालमा रहेका परिवारलाई खबर गर्ने काम भइरहेको छ

भने कोरियन प्रहरीले फ्याक्स मार्फत विस्तृत विवरण पठाएपछि तत्कालै घटनास्थल तर्फ दुतावासका अधिकारी जाने बताईएको छ।

कोरियामा सुतेको अवस्थामा अप्रत्यासित निधन हुने, डिप्रेशनमा परेर आत्महत्या गर्ने, कार्यस्थलत तथा दुर्घटनामा नेपालीको ज्यान जाने क्रम बढेको भन्दै केहि महिना अघि नेपाली चिकित्सक सहितको सरकारी अधिकारीको टोलीले कोरियाको विभिन्न स्थानमा नेपालीले काम गर्ने कम्पनी र कृषि फार्मको निरिक्षण र अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो।

यद्यपी उक्त टोलीले सुतेको अवस्थामा हुने मृत्युका घटना बारे गरिएको निरिक्षण र अवलोकनका रिपोर्ट अझै सार्वजानिक भने गरिएको छैन।

More News last news
Loading...