पोखरामा चैत्र ३ गते अष्ट्रेलियन एजुकेसन फेयर २०१८ हुने

पोखरा । उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आइरहेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सिको आयोजनामा ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर-२०१८’ हुने भएको छ।

पोखरा स्थित “दि भिलेज रेष्टुरण्ड” चिप्लेढुङ्गामा चैत्र ३ गते शनिबार हुने फेयरमा अष्ट्रेलियाका १२ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ। नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीका अनुसार फेयरमा सहभागि कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु पनि उपस्थित हुनेछन्।

Advertisement

विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासालाई लिएर संवाद गर्न सक्ने भएकाले फेयर महत्वपूर्ण हुने भण्डारी बताउँछन्।

फेयरमा नेपाली विद्यार्थीहरुको प्रमुख गन्तब्य बनिरहेका साथै अष्ट्रेलियाका अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, वलङघन युनिभर्सिटी लगायतका कलेज तथा युनिभर्सिटीको उपस्थिती रहनेछन्।

फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि प्रिभिलेज कार्डको ब्यवस्था गरिएको र उक्त कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आईएलटिएस अध्ययन तथा प्रोसेसिङ्ग लगायतका सेवा सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन्।

उपस्थित विद्यार्थीहरुलाई आकर्षक गिफ्टह्याम्परको पनि ब्यवस्था गरिएका कारण हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्श सँगसँगै विविध सेवा र सुविधाहरु प्राप्त गर्ने सुनिश्चितता गरिएको नेक्स्टको भनाई छ।

More News last news
Loading...