जुम्लामा ढुंगाले च्यापिएर दुईजनाको मृत्यु

जुम्ला । जुम्लामा ढुुंगाले च्याप्पिएर दुई जना मजदुरको ज्यान गएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ९ श्री ढुस्कोमा रहेको ढुंगा खानीमा ढुंगा निकाल्ने क्रममा च्यापिएर दुई जना मजदुरको ज्यान गएको हो।

Advertisement

जुम्लाको चन्दननाथ नगरपालिका-९ निवासी २५ वर्षका तिर्थबहादुर घर्ति (जिसी) तथा ५१ वर्षका रक्षा घर्ति (जिसी) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ।

More News last news
Loading...