संघीयतामा कुरो नमिल्दा दुई मन्त्रीले बुझाए राजीनामा

नयाँदिल्ली । भारतका दुई जना मन्त्रीले दिएको राजीनामा राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार स्वीकृत गरेका छन्।

तेलुगु देशाम पार्टी (टीडीपी) बाट मन्त्री भएका नागरिक उड्ययन मन्त्री अशोक गजपति राजु तथा विज्ञान तथा प्रविधि सहायक मन्त्री वाइ एस चौधरीको राजीनामा शुक्रबार स्वीकृत भएको हो।

Advertisement

उनीहरूले गत बुधबार नै राष्ट्रपति समक्ष राजिनामा पेश गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रदेशस्तरको पार्टी टीडीपी दक्षिणी राज्य आन्द्र प्रदेशको मुख्य सत्तारुढ दल हो । टीडीपी र भारतीय जनता पार्टी (विजेपी) ले आन्द्र प्रदेशको सरकार र केन्द्रीय सरकारमा गठबन्धन गरेका छन्।

सन् २०१४ मा आन्द्र प्रदेशबाट छुट्टिएर नयाँ प्रदेशको रुपमा तेलङगना राज्य बनेपछि आन्द्र प्रदेशलाई विषेश राज्यको मान्यता दिनु पर्ने माग राख्दै विजेपी र टीडीपीका बीचमा द्वन्द्व बढ्दै गएपछि दुई मन्त्रीले राजीनामा दिएका हुन्।

डीडीपीका अध्यक्ष तथा आन्द्र प्रदेशका मुख्य मन्त्री एन चन्द्रबाबु नाइडुले आफ्नो प्रदेशलाई विषेश प्रदेश बनाउन पटक पटक प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गरेपनि सुनुवाइ नभएको बताएका छन्।

लामो समयदेखिको आफुहरूको मागलाई प्रधानमन्त्री मोदीले बेवास्ता गरेको उनको आरोप छ । नाइडुले प्रदेश सरकार आफुहरूले छाडेपनि केन्द्रीय सरकारको गठबन्धनमा भने कुनै असर नपार्ने बताए।

विभाजन भएर दुई प्रदेश बनेलगत्तै चार बर्ष अगाडी पनि आन्द्र प्रदेशलाई विषेश प्रदेश बनाउनुपर्ने माग उठेको थियो।

More News last news
Loading...