बिहेको खुसी पलभरमै भयो शोकमग्न, बेहुलाका ७ साथीको दर्दनाक मृत्यु

एजेन्सी । बिहेको खुसीमा रमाइरहेकाहरुको खुसी पलभरमै गहिरो शोकमा बदलियो। भर्खरै बिहेमा सहभागी भएका ७ जना बेहुलाका साथीहरुको दुखद् मृत्यु भएपछि बिहेको खुसीको माहोल शोकमग्न भयो।

५ जनाको मृत्यु घटनास्थलमैर २ को मृत्यु उपचारका क्रममा भएको बताइएको छ। दुर्घटनामा केही अन्य यात्रु घाइते भएका छन्। ती व्यक्तिहरु साथीको बिहेमा सहभागी भएर फर्किरहेको बताइएको छ।

Advertisement

यी सबै मृतकहरु विद्यार्थी थिए। प्रहरीबाट प्राप्त जानकारीअनुसार ती सबै बुधबार राती बिहेमा जन्ती गएका थिए।

राती करिब १ बजे उनीहरु बिहेमा सहभागी भएर फर्कर्दै गर्दा उनीहरु चढेको गाडी तेलको ट्यांकरसँग ठोक्किएको थियो।

जिल्ला प्रशासनले मृतकको परिवारलाई ४-४ लाख क्षतिपूर्ति दिने घोषणा गरेको छ। घटना भारतको बिहार मुजफ्फरपुरमा भएको हो।

More News last news
Loading...