काठमाडौं । नवौं कोरियन भाषा परीक्षा आउँदो जेठ २६ र २७ गते हुने भएको छ ।
नवौं कोरियन भाषा परीक्षाबाट उत्पादमुलक क्षेत्रतर्फ ४८ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २३ सय गरी जम्मा ७१ सय जना उत्तीर्ण हुनेछन् । परीक्षा पोखरा र काठमाडौंमा हुनेछ ।
परिक्षार्थीले नै आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्नेछ । पोखराका हकमा भने शुरुमा केन्द्र रोजेका मध्ये १२ हजार जनाले पोखरा केन्द्र छनोट गर्न पाउनेछन् ।
परीक्षाको नतिजा २०७५ असार १६ गते प्रकाशन गरिने इपिएस कोरिया शाखाले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
