पूर्वसांसदले गायब बनाए सचिवालयका ३१ ल्यापटप

काठमाडौँ । संसद सचिवालयका ३१ वटा ल्यापटप पूर्वसभासदले गायव पारेका छन्।

सभासद रहँदा सचिवालयले सुविधाबापत दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म पनि उनीहरुले फिर्ता गरेका छैनन्। ३१ वटा ल्याटप फिर्ता नभएको सचिवालयले जनाएको छ। ल्यापटप पचाउनेहरुको सूचीमा पहिलो संविधानसभामा निर्वाचित भएकासमेत छन्।

Advertisement

कानुनतः कार्यकाल सकिएको सात दिनभित्र सांसद तथा संसदका पूर्वपदाधिकारीले सचिवालयबाट उपयोग गर्दै आएका सेवासुविधा फिर्ता गर्नुपर्छ।

संघीय संसदको पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा यो व्यवस्था छ। तर, फिर्ता नगरे के कारवाही हुने भन्ने स्पष्ट नभएकाले कतिपय पुर्वसभासदुले सामान आफैँ राखेको सचिवालयका कर्मचारी बताउँछन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

More News last news
Loading...