गोरखाबाट खैरेनी जाँदै गरेको माईक्रो दुर्घटना, एकको मृत्यु १५ जना घाईते

गोरखा । गोरखाबाट तनहुँको खैरेनी जाँदै गरेको बा ३ ख ४६५८ नम्वरको माईक्रो बस  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

आज बिहान गोरखाबाट खैरेनी जाँदै गरेको सो बस बहिरा स्कुलको मोडमा दुर्घटना हुँदा आबुखैरेनी १ घर भै मनकामना बहिरा आवासीय माध्यमिक बिद्यालय ५ कक्षामा पढ्ने १५ वर्षीया श्रद्धा गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

Advertisement

बसमा सवार अन्य १५ जना घाईते भएका छन्। घाईतेको स्थानीय गोरखा अस्पतालमा उपचार हुँदै छ।

More News last news
Loading...