बाख्रा चराउन जादा बलत्कृत भएकी बालिकाको अबस्था चिन्ताजनक

वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा ९ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन्।

स्थानीय युवाहरुको एउटा समूहले बाख्रा चराउन निस्केकी ति बालिकालाई बलात्कार गरेपछि उनी गम्भीर अवस्थामा पुगेकी छिन्।

Advertisement

घट्नामा संलग्न भएका तीन जनालाई नियन्त्रणमा लिएको बताइएको छ। बुधबार घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्न सुरु गरेका थिए।

निकै खोजी गर्दा वडा नंं ५ निचुटनाको पोखरी नजिकै खेतमा मुर्छित अवस्थामा उनी फेला परेकी थिइन।

अचेत फेला परेकी बालिकालाई आफन्तले बीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याएपछि उनी माथी बलात्कार भएको चिकित्सकहरुले प्रमाणित गरेका थिए।बालिकाको अवस्थामा चिन्ताजनक रहेको बताइएको छ ।

.

More News last news
Loading...